Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते


    सोमबार, माघ १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङमा ट्रक दुर्घटना २ जनाको मृत्यु भएको छ।

    सिम्लेमा भएको सवारी दुर्घटनामा ट्रकमा सवार दुई जनाको ज्यान गएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

    सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

    रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।

    घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार