Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमारमा फेरि सैनिक ‘कू’, नेतृ सुकीसहितका नेताहरु गिरफ्तार


    सोमबार, माघ १९ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    म्यानमार, एजेन्सी । म्यानमारमा फेरि सैनिक ‘कू’ भएको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सोमबार  बिहानै उनीहरूलाई  निवासबाट नियन्त्रणमा लिइएको हो । म्यानमारमा नागरिक सरकार चुनिएको छोटो समयमै पुनः सेनाले शासन हातमा लिएको छ ।

    म्यानमारमा सैनिक कू को चर्चा चल्दैआएको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिए पनि शासन हातमा लिएको औपचारिक घोषणा गरेको छैन ।
     म्यानमारको राजधानी रंगूनमा सैनिक गस्ती बढाइएको छ । र, संचार सम्पर्क बिच्छेद गरिएको छ । 
    गत नोभेम्बरमा भएको चुनावमा सुकीको  नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार