ललितपुर । ललिता निवास बालुवाटारको १४३ रोपनी सरकारी जग्गा अतिक्रमणलाई पनि ओझेलमा पार्नेगरी ललितपुरको कर्मनाशा खोलाको जग्गा अतिक्रमण भएको छ । भूमाफियाहरुले राजनीतिक तहदेखि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष नरेन्द्रराज बस्नेत र सदस्य सचिवहरु राजेश सिंह र आशिष घिमिरेलाई समेत प्रभावमा पारी कर्मनाशाको करिब २ सय रोपनी जग्गा हत्याउने खेल खेलेका छन् ।
कर्मनाशा खोलाको वहाव नै परिवर्तन गरी नक्कली खोला सिर्जना गर्ने भूमाफिया यूरो हाउजिङ प्रालिका सञ्चालक टंकबहादृुर श्रेष्ठसहितका विरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । वि.सं. २०२१ सालको नापीअनुसार कर्मनाशा खोलाको वहावलाई आधार मानी त्यसको दायाबाया १०-१० मिटर छोडेर करिडोर निर्माणका लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले लागत स्टिमेट निकाली टेण्डर गरिसकेपछि भूमाफियाको डिजाइनमा नक्कली खोला सिर्जना गरी अर्कैतिरबाट करिडोर बनाउने निर्णय गरेको खुलेको छ ।
भूमाफियाले बाग्मती समितिका तत्कालीन अध्यक्ष नरेन्द्र बस्नेत र ललितपुर महानगरपालिका वडा २३ का अध्यक्ष राजेश महर्जनलाई प्रभावमा पारी खोलाको वहाव परिवर्तन गरी २ सय रोपनी जग्गा अतिक्रमण गर्न खोजेको आरोप लागेको छ ।
एकीकृत बाग्मती सभ्यता विकास समितिले भूमाफियाको चंगुलमा परी करोडौं घुस लिएर २०२१ सालको खोला बगेको ठाउ“मा करिडोर बनाउन छाडेर नक्कली खोला खडा गरी त्यसमा करिडोर बनाउन ठेक्का दिएको खुलेको छ । यसरी खोला तोडमोड गरी करिडोर बनाउन खोजेपछि सतर्कता केन्द्रमा २०७७ पुस २९ गते उजुरी परेको छ । उजुरी परेपछि सतर्कता केन्द्रले उपसचिव राजेन्द्र बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ ।
मालपोतमा लामो समय काम गरेका उपसचिव बुढाथोकीले कर्मनाशा खोलाको साविक बहाव र हाल परिवर्तन गरिएको बहाव र भूमाफियाले अतिक्रमण गर्न खोजेको जग्गाको सम्पूर्ण अध्ययन गरी दुधको दुध, पानीको पानी बनाएर प्रतिवेदन दिने र कैफियत देखिए त्यो प्रतिवेदनअनुसार भूमाफियामाथि कारबाही गर्न अख्तियारमा प्रतिवेदन पठाउने राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख मणिराम गेलालले बताए ।
नक्कली खोलामा करिडोर निर्माण कार्य गर्न लागिएकाले सतर्कता केन्द्रले त्यो निर्माण यथास्थानमा राखी थप क्षति हुन नदिन कारबाही अगाडि बढाउन पनि सक्ने कानूनी अधिकार छ । भ्रष्टाचार निवारण ऐनको दफा ३८ (ख) मा सार्वजनिक संस्थाबाट नियमितरुपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सतर्क गर्ने, पत्र काट्ने अधिकार सतर्कता केन्द्रलाई छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २०२१ को खोलाको बहावलाई परिवर्तन गरी नक्कली खोला सिर्जना गर्न सक्दैन । यो अधिकार उसलाई छैन । समितिले २०२१ सालको खोलालाई परिवर्तन गरी नक्कली खोला रेखांकन गरी करिडोर बनाउने टेण्डर गरी ठेक्का दिएको छ ।
समितिको काम नियमितरुपमा नभई गैरकानूनी भएकाले २०२१ को नक्साअनुसार खोला निर्धारण गरी करिडोर निर्माण गर्न सतर्क गर्ने-गराउने कार्य कानूनले सतर्कता केन्द्रलाई दिएको छ । केन्द्रले नापी कार्यालयको टोलीलाई लिएर गई साविक खोला कुन हो, नक्कली खोला कुन हो स्पष्ट देखिने छ । त्यसपछि नक्कली खोलामा निर्माण भएको भए, त्यो. रोक्न पत्राचर गर्न सक्नेछ । यदि निर्माण सही साविक खोलाकै करिडोरमा भएको देखिएमा पुनः पत्र पठाएर निर्माण सूचारु गर्न सक्नेछ । भ्रष्टाचार निवारण ऐन दफा ३८ ले सतर्कता केन्द्रलाई गैरकानूनी निर्माण रोक्न पत्र पठाउने अधिकार दिएको छ ।
कर्मनाशा खोलाको वहाव परिवर्तन गरी २ सय रोपनी जग्गा अतिक्रमण गर्नेहरुमा चर्चित डा. आईएल आचार्यदेखि धेरै भीभीआईपीहरु छन् । भूमाफिया टंकबहादुर श्रेष्ठले ललितपुर ३ की सांसद पम्फा भुसालदेखि वडा नं. २३ का वडाध्यक्ष राजेश मर्हजनलाई समेत प्रभावमा पारी नक्कली खोला सिर्जना गरी त्यसमा करिडोर निर्माण गर्ने निर्णय गराई साविक खोलाको २ सय रोपनी जग्गा अतिक्रमण गरी अर्बाैंको लाभ लिन तल्लीन छन् । यस कार्यमा अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष नरेन्द्र बस्नेतले महाअपराध गरेका छन् ।
टंकबहादुर श्रेष्ठको करोडौं घुसको प्रलोभनमा परी उनले कर्मनाशा खोला तोडमोड गर्ने निर्णय गरेको देखिएको छ । साविक खोला बगेको ठाउ परिवर्तन गर्ने निर्णय उनैले गरेको देखिएको छ । नरेन्द्र बस्नेत अख्तियारका बद्नाम पूर्वप्रमुख आयुक्त दीप बस्नेतका साख्खै भाइ हुन् ।
दीप बस्नेत पनि ललिता निवासको १४३ रोपनी सरकारी जग्गा गैरकानूनी रुपमा दर्ता गरेको आरोपमा विशेष अदालतको आदेशले हाल थुनामा छन् । दीप बस्नेतकै दबाबमा नरेन्द्रलाई बाग्मतीमा अध्यक्ष नियुक्ति गरिएको थियो ।
केपी ओली सरकार बनेपछि उनीसहित तत्कालीन शेरबहादुर देउवा सरकारले चुनाव घोषणापछि नियुक्ति गरिएकाहरुलाई हटाउने निर्णय ग¥यो तर सर्वाेच्च अदालतमा रिट हाली बिचौलियामार्फत सेटिङ गरेर उनी पुनर्बहाली भएका थिए । ललिता निवास जत्तिकै अर्बाैंको कर्मनाशा खोलाको जग्गा अतिक्रमण भाइ नरेन्द्र पनि ढिलोचाडो जेल जाने सम्भावना देखिएको छ ।