Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल क्यानडा मैत्री संघ नेपालको ५६ औं बर्षगाँठ सम्पन्न


    आइतबार, माघ १८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज नेपाल-क्यानडा मैत्री तथा सांस्कृतिक संघ नेपालले ५६ औं बर्षगाँठ मनाएको छ।  प्रा. डा. प्रदीप कुमार खड्काको अध्यक्षतामा काठमाडौंको एल्लो प्यागोडा होटलमा  नेपाल-क्यानडा मैत्री तथा सांस्कृतिक संघले नेपाल-क्यानडा दौत्य सम्बन्धको ५६ औं बर्षगाँठ मनाएको हो।

    यो कार्यक्रम अंग्रेजी महिना जनवरी १८ तारीखमा मनाउने गरिएपनी यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाउन सफल भएको संस्थाले जनाएको छ। कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट प्रमुख अतिथि र विशेष अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य कोमल वलि तथा पुर्व राजदुत शम्भुराम सिंखडाको उपस्तिथिले कार्यक्रमको शोभा बढाएको थियो भने सो कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका बुद्धिजिवि, प्राध्यापक, कलाकार, पत्रकार, लगायत संस्थाका पदाधिकारीको उल्लेख्य उपस्थिती थियो।

     मन्तब्यका क्रममा सबैजना बक्ताहरुले प्रविधिको विकासले दुई देशहरु भौगोलिक रुपमा जतिसुकै टाढा रहेपनी एक आपसी सम्बन्धमा  दुरिले फरक नपार्ने तथा कयानडमा नेपाली हरुले सुरक्षित रुपमा जीवन यापन गर्न पाएकामा क्यानडा सरकार प्रति आभार ब्यक्त गर्नु भएको थियो। साथै आयोजक संस्थाले बर्षगाँठको अवसरमा दुई देशविचको सम्बन्ध प्रगाड होस भन्ने उदेश्यले सो संस्थाका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेलको सम्पादकत्वमा सोभेनरु नामक जर्नल तयार गरि विमोचन गारएको छ।

    canada maitri sang.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार