Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका ५ कार्यकर्ता पक्राउ


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेका छन् ।

    बोहरा विप्लवको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत हुन् । उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आईतबार रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो ।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार