Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नै कोठामा युवती बलात्कृत, युवक पक्राउ


    आइतबार, माघ १८ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।  

    भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । 

    आफु कोठामा एक्लै भएको समयमा ३१ वर्षका विकास तजलेले एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

    सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् । 

    यहि माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार