Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिजीमा समुद्री आँधी, एकको मृत्यु , पाँच बेपत्ता


    आइतबार, माघ १८ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फिजी  । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

    आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ । आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ । राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ । आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ ।

    स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्व चेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको जनाएका छन् ।

    गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजार भन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार