काठमाडौँ । नेपाल इन्फ्रास्टस्ट्रचर बैंकले जारी गरेको हालसम्मकै धेरै कित्ता भएको आइपीओको बाँडफाँड सकिए लगत्तै ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ ।
ग्रीन लाइफ हाइड्रोपावरको निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । उक्त शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
ग्रीनलाइफको हाल चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।