Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादी स्थायी कमिटी बैठक आज पनि


    आइतबार, साउन १८ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ ।

    बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११:०० बजे देखि सुरू हुनेछ ।

    गत साउन १६ गतेबाट सुरू भएको स्थायी समिति बैठक हिजोको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेेका छन् ।

    उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका बिषयमा छलफल भईरहेको छ ।

    साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार