Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो पेट्रोलियम पदार्थ विक्रेताको कमिसन


    आइतबार, माघ १८ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेताले आन्दोलनको घोषणा गरेपछि नेपाल आयल निगमले  कमिसन बढाउने सहमति गरेको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबातको कमिसन बढाउन माग गर्दै आएको थिए । 

    विक्रेताले निगमले पेट्रोलियम पदार्थको कसिमन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ विक्रेताको कमसिन हिजोदेखि नै बढाउने सहमति गरेको छ । सहमति अनुसार  पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०.४७ प्रतिशत कमिसन बढाएको छ ।

    यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २.६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब पेट्रोलमा प्रतिलिटर ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउने भएका छन् ।

    यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो ।

    हिजो (शनिबार) नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा निगमको सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो ।

    सो निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार