Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’


    आइतबार, माघ १८ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

    नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले निर्वाचनले लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४ प्रतिशतन जनमत प्राप्त नेकपा नेतृत्वको प्रधानमन्त्रीलाई अविश्वासको मत ल्याएर पदबाट हटाउने प्रयास भएकाले संसद् विघटन गर्न बाध्य भएको हो ।

    उक्त अवस्था सिर्जना हुन लागेपछि मुलुकलाई सङ्कटबाट जोगाउन लोकतन्त्रमा जनतामा जानु नै अन्तिम विकल्प हो । ” । कार्यक्रममा नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा रहेकाले यसमै सबै आवद्ध हुन उहाँले आग्रह गर्नुभयो ।

    नेकपाका केन्द्रीय सदस्य जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारी, गुमानसिंह अर्याल, फूलबहादुर थापा, प्रेमबहादुर घले, लक्ष्मी अधिकारी, गोवद्र्धन गौली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायतले लोकप्रिय, विकासप्रेमी प्रधानमन्त्रीका विरुद्धमा लागेर देश सङ्कटतर्फ लैजान खोज्नेका विरुद्धमा सबै एकजुट हुन आग्रह गर्नुभएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार