Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हाजिर नभएका कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे अल्टिमेटम


    शुक्रबार, साउन १६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा तथा पदस्थापन गरेको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ ।

    गृहले शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन भनेको हो । ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा रहेका छन् ।

    उनीहरूलाई गृहले अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा सरुवा गरेको थियो । तर उनीहरु ठाउँमा एक महिनासम्म पनि खटाएको ठाउँमा हाजिर हुन नगएपछि गृहले २४ घण्टे उर्दी जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार