Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको १० लाख रकमसहित क्षेत्री पक्राउ


    शनिबार, माघ १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको रकमसहित पक्राउ एक जना व्यक्ति पक्राउ परेका छन्।

    विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल एयरलाईन्सको उडानद्वारा दुवई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    उनले के प्रयोजनका लागि उक्त रकम बोकेर गएका थिए भन्ने बारे केही खुलेको छैन।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार