Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाको खालबाट लेखापाल पक्राउ


    शनिबार, माघ १७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

    शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए । उनीहरुबाट प्रहरीले रु २३ हजार बरामद गरेको छ । पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । 

     थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको उहाँको भनाइ छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार