Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १ जनामा कोरोना पोजेटिभ


    शुक्रबार, बैशाख १२ २०७७
    600
    Shares
  • २ मिनेट पाठ
  • सर्लाही, १२ बैसाख । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्र्षीय किशोरमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।
    किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

    किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए । किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्र्पकमा नगएको उनले जानकारी गराए । गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए ।

    गत शुक्रबार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर जाँचका लागि लगिएको थियो । त्यहाँ किशोरमा कोरोना संक्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो ।

    ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो । टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको छ ।

    लकडाउनको बेला ती किशोर गत चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए । संक्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए । भारतबाट एक किशोर आएको सूचना पाए लगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर उनलाई राखेको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार