Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए


    शनिबार, माघ १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।

    तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए ।    यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको  दाबी गरेका छन् ।

     प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ ।  सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् । 

    गत वर्ष  वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।

    सैन्य शिवीरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताउनु भएको छ । 

    जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ । केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।

    यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार