Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरे’


    शनिबार, माघ १७ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा (प्रचण्ड-माधव नेपाल) समुहका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको बताएका छन्।

    नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि अन्याय भएको आरोप लगाएका हुन्।

    सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुुभयो उहाँले ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’

    प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार