बसन्त भण्डारी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुला गर्ने घोषणा गरेका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलका अनुसार, विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको र सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर निर्णय गरिने बताए। उनले भने, “आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ। मैले मिति तय गरेको छैन। साझेदार दलहरूसँगको छलफलपछि संसद सचिवालयमा पत्र पठाउँछु।”
केन्द्रमा माओवादी केन्द्रको सरकारले संसदबाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट भएकाले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रक्रियामा अघि बढेको मुख्यमन्त्रीले जानकारी दिए ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको तयारी भइरहेको र आइतबार नै नयाँ सरकार गठन हुने सम्भावना रहेकाले सोही अनुसार प्रदेशमा पनि एमाले–कांग्रेस गठबन्धनले सरकार निर्माणको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
“म आफै धेरै समय लिने सोचमा छैन। विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्ने हो,” मुख्यमन्त्री जम्कट्टेलले भने। उनले थपे, “प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ।”
मुख्यमन्त्रीका अनुसार, केन्द्रमा सरकार गठन भइसकेपछि मात्र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ। यस प्रकार, बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो क्रमशः खुल्दै गएको देखिन्छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend