Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ


    मंगलबार, चैत्र २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

    सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

    मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार