Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैसाथ न्याय सेवाका १७० कर्मचारीको सरुवा (सूचीसहित)


    सोमबार, साउन १२ २०८२
    5.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । न्याय सेवातर्फ चार सहसचिव सचिवमा बढुवा सिफारिस भएका छन् । न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोगको कायममुकायम सचिव निर्मला अधिकारी सचिव बढुवा भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमै पदस्थापन भएकी छन् भने निर्वाचन आयोगका सहसचिव निर्मला दाहाल सचिवमा बढुवा भएर नेपाल कानून आयोगको सचिवमा पदस्थापन भएकी छन् ।

    बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।

    यस्तै, न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार