Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो: ओली


    आइतबार, साउन ११ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पना समेत नगरेको बताएका छन् ।

    आज बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको समेत बताए

    ‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो,’ ओलीले स्पष्ट पार्दै कर्णालीका केन्द्रीय सदस्यहरूलाई भने ।

    पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावकका रुपमा बस्नुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनुपर्ने व्यक्ति रहेको ओलीको भनाइ थियो ।

    सो क्रममा उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिए ।

    ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरु संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’ बैठकमा ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईहरु यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

    आफूले पार्टीको नेतृत्व सम्हालेको समयदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने रु कसरी राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने रु भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गरे । ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार