काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत रेण्डी बेरीबीच सैनिक मुख्यालयमा शुक्रबार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत बेरीबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
राजदूत बेरी पछिल्लो समय भेटघाटमा सक्रिय भएका छन् । उनले यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएसंगै उनका नीतिको बारेमा जानकारी दिन बेरीले भेटघाट बढाएका हुन् । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको छ ।
पछिल्लो समयमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने बिषमा बिवाद भइरहेको र राजनीतिक बृतमा समेत उतरचढाव भइरहेको बेलामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।