Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहरमा पनि ३३ जनाले गरे रक्तदान


    शुक्रबार, माघ १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धर्मेन्द्र प्रसाद यादव

    वीरगंज । छिपहरमाई गाउँपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज रक्तदान जीवनदानको मूल नाराका साथ पर्साको छिपहरमाई गाउँपालिका वडा न. ५ भिस्वामा रहेको गाउँपालिका  कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा  ३२ जनाले रक्तदान गरेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रहेको ब्लड बैंकको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुमा स्वास्थ्य संयोजक शम्भु साह ,गाउँपालिका प्रहरी गुडु गुप्ता, प्रमानंद यादव, सनीकुमार, बिकाउ साह कानु, मनीलाल साह कानु, मनोजकुमार पटेल, प्रेमप्रसाद शर्मा, अमृतकुमार कलवार, मुकेशप्रसाद कानु, शत्रुघन यादव छन् ।

    त्यसैगरी उर्मिला पौडेल, पुतली बिक, रुपेशकुमार ,मंजूर आलम, टुना महतो केवट, वीरेन्द्र महतो केवट, बिकी कुमार ,तबरेज आलम ,लालमहम्मद आलम, भोला साह कानु ,मुन्ना प्रसाद साह ,राजेश राउत कुर्मी, देवनाथ साह कलवार, निपुकुमार तिवारी, भुपेन्द्र साह कानु,  सुनीकुमार, संजय साह, मुकेश कुमार चौरसिया र अर्जुन दास तत्वाले पनि रक्तदान गरेका थिए । 

    नियमित रक्तदान कार्यक्रम आयोजना भएन भने ब्लड बैंकमा रगतको अभाव हुन जान्छ र जसले गर्दा सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेका बिरामीको उपचारमा समस्या हुन्छ । रगतको अभावमा कसैले पनि जान गुमाउन नपरोस्  र मानवीय सेवा गरौंं भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए । 

    रक्तदान गर्नेहरुको रगतले कसैको जिवन बाँच्न सक्छ, त्यसैले सबैले मानवीयताको भावना राखेर रक्तदान गर्नुपर्ने ब्लड बैंकका प्राबिधिक अधिकृत सौरभराज पाण्डेले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रहेको ब्लड बैंकका अधिकृत पाण्डे र जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार