Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज, ५ जनाको मृत्यु


    शुक्रबार, माघ १६ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका हुन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा ३३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यसैगरी  नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार