काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएका छन् । लोकतान्त्रि पद्धतिकै उपहास हुनेगरी प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरी प्रमाणीकरणका लागि पेश गरेको उक्त बिधेयक राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् ।
संवैधानिक परिषद बिधेयक संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहीबार फिर्ता पठाएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
दुवै सदनबाट पारित भई आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।
उक्त बिधेयकमा ६ सदस्यीय संबैधानिक परिषदमा २ जनालेमात्र निर्णय गर्न सकिने गरी संशोधन गरिएको थियो । प्रधानमन्त्री केपी ओली र सत्तापक्ष संवैधानिक परिषदमा अल्पमतमा भएकाले लोकतान्त्रिक मूल्य मान्यताबिपरीत २ जनाले मात्र निर्णय गर्नसकिने प्रावधान राखेर बिधेयक पारित गरी प्रमाणीकरणका लागि पठाएका थिए । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् ।
सदस्यहरुमा प्रधानन्याधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, उपसभामुख र प्रतिपक्षी दलको नेता हुन्छन् । वर्तमान अवस्थामा सभामुख बाहेक प्रधानमन्त्री ओलीको पक्षमा स्पष्ट नभएकाले उनले २ जनामात्र भए निर्णय हुनेगरी ऐन संशोधन गर्न खोेजेका हुन् ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend