Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित पाँच जना पक्राउ


    शुक्रबार, माघ १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ का २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ का २७ वर्षीय भीमसेन बहादुर तामाङ छन्।

    बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ ।

    महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गरेको थियो। तलासी लिँदा उक्त रकम र चेक फेला पारेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार