Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरूद्धकाे मुद्दामा शुक्रबारको बहस सुरु


    शुक्रबार, माघ १६ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइ सुरु भएको हो । शुक्रबारको सुनुवाइमा निवेदक तथा अधिवक्ता कृष्णभक्त पोखरेलले सुरुमा बहस गर्दै छन् ।

    संवैधानिक इजलास प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।

    प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन भन्दाबढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि तीन सय पचास बढीले नाम टिपाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार