Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोरीमा संलग्नसहित ३ जना पक्राउ


    शुक्रबार, माघ १६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५०० समेत बरामद गरेको छ ।

    अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो । गए राति उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

    प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन् ।

    झापा गाँउपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार