Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवनको शिलान्यास


    शुक्रबार, माघ १६ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर। जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गर्नुभएको छ ।

    सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार १८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिनुभयो । रु एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४८२ को बजेटमा भवन निर्माण शुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

    दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवन भूकम्प प्रतिरोधात्मक हुनेछ । भवनमा चारवटा लिफ्टको व्यवस्था रहने बताइएको छ । अदालतले आवासका लागि चार रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार