सर्लाही । सर्लाहीको ब्रहम्पुरी चौकीका ईन्चार्ज मनोज यादवविरुद्ध फैलाइएको अडियो लिक प्रकरणबारे प्रहरीले स्पष्ट प्रतिक्रिया दिँदै उक्त अडियोमा कुनै आपराधिक वा शंकास्पद कुरा नरहेको बताएको छ । अडियोमा न पैसा मागेको कुरा छ, न त तस्कर वा तस्करीसम्बन्धी कुनै कुरा गरिएको छ ।
अडियोमा महिलाले घरायसी सामानको विषयमा कुरा गर्दा यादवले आफूलाई त्यसबारे थाहा नभएको र छानबिन गर्नेमात्र भनेको स्पष्ट सुन्न सकिन्छ । तर, यही सामान्य संवादलाई केही व्यक्तिहरूले तोडमोड गरी चरित्रहत्या गर्ने उद्देश्यले प्रचारबाजी गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार अडियो सामाजिक संजालमा बाहिरीएपछि मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बोलाएर घटनाका सम्बन्धमा बुझिएको र घटना संजालमा भनिएको जस्तो नरहेको पाइएको छ ।
प्रहरी प्रशासनले सत्यतथ्य नबुझी अफवाह फैलाउनेहरूमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ । मनोज यादव स्वयं पनि आफूविरुद्ध गरिएको असत्य आरोपबारे कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend