सर्लाही । सर्लाहीको ब्रहम्पुरी चौकीका ईन्चार्ज मनोज यादवविरुद्ध फैलाइएको अडियो लिक प्रकरणबारे प्रहरीले स्पष्ट प्रतिक्रिया दिँदै उक्त अडियोमा कुनै आपराधिक वा शंकास्पद कुरा नरहेको बताएको छ । अडियोमा न पैसा मागेको कुरा छ, न त तस्कर वा तस्करीसम्बन्धी कुनै कुरा गरिएको छ ।
अडियोमा महिलाले घरायसी सामानको विषयमा कुरा गर्दा यादवले आफूलाई त्यसबारे थाहा नभएको र छानबिन गर्नेमात्र भनेको स्पष्ट सुन्न सकिन्छ । तर, यही सामान्य संवादलाई केही व्यक्तिहरूले तोडमोड गरी चरित्रहत्या गर्ने उद्देश्यले प्रचारबाजी गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार अडियो सामाजिक संजालमा बाहिरीएपछि मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बोलाएर घटनाका सम्बन्धमा बुझिएको र घटना संजालमा भनिएको जस्तो नरहेको पाइएको छ ।
प्रहरी प्रशासनले सत्यतथ्य नबुझी अफवाह फैलाउनेहरूमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ । मनोज यादव स्वयं पनि आफूविरुद्ध गरिएको असत्य आरोपबारे कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend