Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताका आधारमा कार्यान्वयन गर्न राष्ट्रपतिको निर्देशन


    बिहिबार, माघ १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई  आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

     शितल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रित भई अघि बढ्न निर्देशन दिनुभएको छ । 
     उहाँले पुर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्नेगरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्नेगरी निर्देशन दिनुभएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको उपस्थिति रहेको थियो ।

     सरकारको चालु आर्थिक वर्ष २०७७-२०७८ को  वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठसहितको मन्त्रालय टोली बिहीबार शितल निवास पुगेको थियो ।

     छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले लक्ष्य अनुसारका कार्यक्रमलाई अघि बढाउन सिंगो मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । कार्यक्रमको बारे जानकारी गराउने क्रममा मन्त्री श्रेष्ठले हालसम्म गरेको कार्यप्रगतिको बारेमा जानकारी दिनुभएको थियो ।  उहाँले कार्यक्रमको लक्षित बजेट अनुसार काम गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो ।

    आयोगका अध्यक्ष डा. झाले बजेटमा उल्लेख भएका विषयलाई तत्काल कार्यान्वयन गर्नेगरी अघि बढाइनुपर्ने कुरामा जोड दिनुभयो । 
     कोभिड १९ का कारण गत आ.ब.मा कार्यान्वयन हुन नसकेको बजेट चालु आबमा कार्यान्वयन हुनेगरी प्रक्रिया अघि बढाइएको छ । सो क्रममा कार्यक्रमबारे सहसचिव डा. थपलिया र महानिर्देशक अर्यालले कार्यक्रमको उद्देश्य र मोडालिटीको बारेमा जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार