Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानाडा पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने प्रहरीकाे फन्दामा


    बिहिबार, माघ १५ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानाडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–७ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–३० शिसुवा बस्ने ३८ वर्षका धिरज कुमार बिश्वकर्मा रहेका छन् ।

    पक्राउ परेका बिश्वकर्माले आफु लामो समय देखी बिदेश बसेको र युरोप, क्यानाडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै स्थानीय युवाहरूलाई ठगी गर्ने गरेका थिए ।

    उनले कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएतकाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गरका थिए । उनले ३३ जना युवाहरूबाट ९० लाख ७१ हजार ५०० रूपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    बिश्वकर्मालाई कास्कीको महानगरपालिका–१० रामबजारबाट मंगलबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार