Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालफेस समाचार प्रभाव : तस्करीमा मोलमोलाइ गरेका सई बैद्यनाथ दास निलम्बित


    शुक्रबार, साउन २ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । नेपाल–भारत सीमाबाट भन्सारछलीका सामान ओसारपसार गर्ने तस्करसँग मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दासलाई निलम्बन गरिएको छ ।

    आठ महिनादेखि हिरापुरमा इन्चार्जका रूपमा कार्यरत दासलाई आज बिहानै जिम्मेवारीमुक्त गर्दै इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    सार्वजनिक अडियोमा सई दासले एक तस्करसँग तस्करी कार्यमा सघाउनका लागि १८ हजार रुपैयाँ माग गरेको स्पष्ट सुन्न सकिन्छ । अडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले तत्काल कदम चालेको हो ।

    दासलाई हटाएसँगै हिरापुर इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी नायब निरीक्षक पठाउने तयारी भइरहेको डिएसपी सरोज राईले बताए । उनका अनुसार, अडियो प्रकरणबारे थप अनुसन्धान भइरहेको छ ।

    सई दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि यस्तै प्रकरणमा निलम्बनमा परेको तथ्य सार्वजनिक भएको छ । जुन समयमा पर्सा जिल्ला प्रशासन कार्यालयको प्रमुख गंगा पन्त थिइन् । लगातार यस्ता घटना दोहोरिनु प्रहरी संगठनको छविमा गम्भीर प्रश्न खडा भएको छ ।

    तस्करी प्रकरणमा मोलमोलाइ गरेको अडियो नेपालफेस डटकमले सबैभन्दा पहिले सार्वजनिक गरेको हो । सो समाचार सार्वजनिक भएलगत्तै प्रहरी प्रशासन दबाबमा आएको र तत्काल कारबाही गर्नुपरेको स्रोतहरूले जनाएका छन् ।
    नेपालफेसको रिपोर्टपछि नै दासलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार