सर्लाही । नेपाल–भारत सीमाबाट भन्सारछलीका सामान ओसारपसार गर्ने तस्करसँग मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दासलाई निलम्बन गरिएको छ ।
आठ महिनादेखि हिरापुरमा इन्चार्जका रूपमा कार्यरत दासलाई आज बिहानै जिम्मेवारीमुक्त गर्दै इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
सार्वजनिक अडियोमा सई दासले एक तस्करसँग तस्करी कार्यमा सघाउनका लागि १८ हजार रुपैयाँ माग गरेको स्पष्ट सुन्न सकिन्छ । अडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले तत्काल कदम चालेको हो ।
दासलाई हटाएसँगै हिरापुर इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी नायब निरीक्षक पठाउने तयारी भइरहेको डिएसपी सरोज राईले बताए । उनका अनुसार, अडियो प्रकरणबारे थप अनुसन्धान भइरहेको छ ।
सई दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि यस्तै प्रकरणमा निलम्बनमा परेको तथ्य सार्वजनिक भएको छ । जुन समयमा पर्सा जिल्ला प्रशासन कार्यालयको प्रमुख गंगा पन्त थिइन् । लगातार यस्ता घटना दोहोरिनु प्रहरी संगठनको छविमा गम्भीर प्रश्न खडा भएको छ ।
तस्करी प्रकरणमा मोलमोलाइ गरेको अडियो नेपालफेस डटकमले सबैभन्दा पहिले सार्वजनिक गरेको हो । सो समाचार सार्वजनिक भएलगत्तै प्रहरी प्रशासन दबाबमा आएको र तत्काल कारबाही गर्नुपरेको स्रोतहरूले जनाएका छन् ।
नेपालफेसको रिपोर्टपछि नै दासलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरिएको हो ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend