Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोप अभियानको दोस्रो दिन: २८ हजार ७३२ जनाले लगाए कोरोना विरुद्धको खोप


    बिहिबार, माघ १५ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७७ जिल्लाका २८ हजार ७३२ जना व्यक्तिले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका हुन्।

    खोप अभियानको दोस्रो दिन बिहीबार सबैभन्दा धेरै बागमती प्रदेशमा खोप लगाइएको छ । बागमती प्रदेशमा बिहीबार ११ हजार ४६१ जनाले खोप लगाएका छन्।

    यस्तै प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१२७ जनाले खोप लगाएका छन्।

    यसअघि कोरोना भाइरस विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए। 

    healthnnnnnnn.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार