Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छोरी बलात्कार गर्ने बाबु प्रहरीको फन्दामा


    बिहिबार, माघ १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट एक जनालाई पक्राउ गरेको छ ।
     
    धनुषाको कमला नगरपालिका ५ स्थायी ठेगाना भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक जना रहेका छन् । उनको परिचय गोप्य राखिएको छ । बालिकाको परिचय खुल्ने भएकाले उनको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।
     
    उनलाई प्रहरीले बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । गत माघ १३ गते आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।
     
    वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार