Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङ हत्याकाण्डका चार अभियुक्त सार्वजनिक


    बिहिबार, माघ १५ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बझाङ । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा छविस पाथिभेरा गाउँपालिका वडा नम्बर २ का बर्ष ३२ बर्षीय ज्ञान वहादुर कठायत, बर्ष ३६ को विकास ऐडी, ३४ बर्षको प्रकाश ऐडी र ३७ बर्षीय केदारमान ऐडी रहेका छन्प।

    जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले २३ बर्षीय अमृत सिंहको मंगलबार राती खुँडा प्रहार गरि हत्या भएको बताए

    सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य हुन। मंगलबार दिउसो छविस पाथीभेरा गाउँपालिकामा रहेको बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा काङग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरुले सिंह माथि साँझ ७ वजे तिर खुडा प्रहार गरेका थिए । सिंहको घटना स्थलमा नै मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार