Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’ सुरु


    बिहिबार, माघ १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ ।

    कांग्रेसले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर नेपाली जनतको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजनासहित अभियानको सुरू गरिएको जानकारी दिए ।

    पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए ।

    ‘अभियान नेपाली कांगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ पत्रकार सम्मेलनमा उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार