काठमाडौं । नेपाली कांग्रेस-नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकारको राष्ट्रिय सभाबाट बहुमत गुमेको छ।राष्ट्रिय सभामा ३ सांसद रहेको जनता समाजवादी पार्टी, नेपालले आज (बुधबार) समर्थन फिर्ता लिएसँगै सत्तापक्षले राष्ट्रिय सभाबाट बहुमत गुमाएको हो।
५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सदस्य आवश्यक पर्छ। तर, जसपा नेपालले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित १८, नेकपा एकीकृत समाजवादी पार्टीका ८ सदस्य छन्। मनोनीत कोटाबाट नियुक्त भएका वामदेव गौतम पनि हालै एकीकृत समाजवादीमा खुलेका छन्। योसँगै राष्ट्रियसभामा एकीकृत समाजवादीको सदस्य संख्या ९ पुगेको छ।
१ सदस्य रहेको राष्ट्रिय जनमोर्चा पनि प्रतिपक्षमै छ। अब प्रतिपक्षमा ३१ र नेपाली कांग्रेसबाट १६, नेकपा एमालेबाट १० र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ र १ मनोनित गरी २८ जना सदस्य रहेका छन्।
राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेसँगै प्रतिनिधिसभाबाट पास भएर गएका र राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकहरू पास हुन कठिन हुनेछ। केही महत्त्वपूर्ण विधेयकहरू अलपत्र पर्ने देखिन्छ। यद्यपि सरकारले अध्यादेशमार्फत कारबाही अघि बढाउन भने सक्नेछ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend