काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापा मगरको हत्यामा संलग्न विवेक परियारलार्ई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ का थापामगरको सब गएको माघ २ गते खेतबारीमा भेटिएको थियो ।
टाउको तथा अनुहारमा चोट लागेको मृत शरीर खेतमा भेटिएपछि अनुसन्धानका क्रममा उनको हत्यामा संलग्न परियारलाई बिहीबार पक्राउ गरेको सीआइबीले जनाएको छ । थापा मगरको हत्यापश्चात परियार फरार थिए । उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको सीआइबीले जनाएको छ ।
परियारलाई आवश्यक कानुनी कारबाहीका लागि आजै बाँकेमा पठाइने सीआइबीकी प्रवक्ता गंगा पन्तले जानकारी दिएकी छन् ।