Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित ३ जना पक्राउ


    बिहिबार, माघ १५ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडाैंले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका प्रहरीले जनाएकाे छ। 

    उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

    प्रहरीका अनुसार उनीहरू बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार