Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • गृहमन्त्रालयद्वारा चार जना सहसचिवको सरुवा, प्रवक्ताबाट हटाइए तिवारी


    मंगलबार, असार ३१ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको हो भने एक सहसचिवको पदस्थापन गरेको छ । यस्तै गृहले मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई प्रवक्ताबाट हटाएको छ ।

    उनलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा तानिएको छ। त्यस्तै गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानेको छ ।

    कोइरालाको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी रहेका नुरहरी घिमिरेलाई पठाइएको छ । खोटाङमा भने मन्त्रालयमा रहेकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार