Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘भाइरल’ रिक्सा चालक अर्जुन बिक धरौटीमा रिहा


    बिहिबार, माघ १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका भाइरल अर्जुन विक धराैटीमा रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका सूचना अधिकारी सुरबहादुर परियारका अनुसनर विकलाई जिल्ला अदालत कैलालीले ५० हजार रूपैयाँ धरौटीमा रिहा गरेको हाे ।

    गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा आएपछि अर्जुन भाइरल बनेका थिए ।

    १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्‍जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार