Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालफेसको समाचारप्रति प्रहरी निरीक्षक वाङ्गेल लामाको आपत्ति


    सोमबार, असार ३० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक वाङ्गेल लामाले २०८२ असार २९ गते नेपालफेस डटकममा प्रकाशित ‘प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह’ शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै २०८२ असार ३० गते खण्डन पठाएका छन् ।

    प्रहरी निरीक्षक लामाको खण्डनमा उल्लेख छ– आधारहीन, झुटा र बदनियत समाचारले मेरो चरित्रहत्या हुनेगरी गलत नियत राखी समाचार प्रकाशन गरेको तथा मलाई बदमान गराउने उद्देश्यले लेखिएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ । लामाको खण्डनमा उल्लेख छ–मैले खरानी तथा दीप लामासँग कुनै किसिमको सेटिङ गरेको पनि छैन र चिनेको पनि छैन, मैले कोही कसैलाई चेकको विषयमा फोन गर्ने तथा गर्न लगाउने गरेको पनि छैन । समाचारमा भने अनुसार परिसरबाट फोन गरेको भए त्यस व्यक्तिलाई कुन नम्बरबाट कसले गरेको हो ? कति नम्बर कोठाबाट गरि बोलाएको हो ? उक्त कुराको सत्य तथ्य बुझी लेख्दा राम्रो हुने थियो ।

    जिल्ला प्रहरी परिसरमा विभिन्न शाखाहरु छन् । सबै शाखाको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ र सोही बमोजिम काम गर्दछ । मलाई यस परिसरमा अपराध नियन्त्रण खबर संकलनको जिम्मेवारी दिईएको छ । बैंकिङ शाखाबाट गरिएको फोनको सम्बन्धमा सम्बन्धित शाखालाई नै जानकारी हुने हुँदा मलाई यस विषयमा जानकारी नहुने ।

    परिसरबाट जुवा अखडामा दिएको चेकको बारेमा व्यापारीलाई प्रहरीले फोन गरी तर्साउने गरेको कुरामा उक्त व्यापारीलाई कुन कति नम्बरबाट फोन आउने गरेको ? कति नम्बर कोठामा बोलाएको हो ? सो सम्बन्धमा पत्रकारले परिसरको बैकिङ शाखा प्रमुखलाई सम्पर्क गरी यसको सत्य तथ्य बुझी लेख्दा खोज पत्रकारिता हुन्छ ।

    कुन प्रहरी स्रोत रहेको हो ? म यस परिसरमा कार्यरत भएदेखि अहिलेसम्म कति वटा जुवा अखडामा छापा मारेको । त्यसको सम्बन्धमा मेरो कमाण्डर तथा कार्यालय प्रमुखसँग बुझ्दा राम्रो हुने थियो । यस परिसरमा कार्यरत रहेदेखि आएको सूचनाको सम्बन्धमा कारबाही गरेको सम्पूर्ण रेकर्ड रहेको । सोबाट समेत सत्य तथ्य कुरा बुझ्न सकिन्छ ।

    चेक काट्न लगाई प्रहरीबाट फोन गराउने र असुली भएको त्यसको हिस्सा प्रहरी निरीक्षक वाङ्गेल लामा समेतलाई दिएर र्याकेट चलाउने भनेकोमा मैले कुन व्यक्तिलाई फोन गराए अथवा म वाङ्गेल लामाले फोन गराउने गरेको हो वा अन्य कुनै शाखाबाट गरेको हो उक्त कुराको भेरीफाई नै नगरी मेरो इमान्दारितामा आँच यस प्रकारको आपराधिक पृष्ठभूमि भएको व्यक्तिसँग मेरो नाम जोडिएर

    समाचार प्रकाशन गरिएकोमा मेरो इमानदारितामा समेत प्रश्न उठ्ने तथा मेरोबारेमा लेख्नुपूर्व मेरो कमाण्डरसँग मेरो बुझ्दा राम्रो हुने थियो । काठमांडौ जिल्लामा भएका सम्पूर्ण जघन्य किसिमका अपराधको सफल अनुसन्धान तथा अपराध नियन्त्रणमा सदैव दत्तचित्त भई काम गर्ने गरेकोमा यस प्रकारको समाचारले मेरो व्यक्तिगत व्यवसायिक, पारिवारिक तनाव सिर्जना भएको छ, प्रहरी निरीक्षक वाङगेल लामाले प्रेस काउन्सिलमा उजुरीसहित पठाएको खण्डनमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार