Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी र सशस्त्रको रासन भत्ता ४० प्रतिशतले बृद्धि हुने


    बिहिबार, माघ १५ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भत्ता ४० प्रतिशतले बृद्धि हुने भएको छ । पाँच बर्षदेखि प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता बृद्धि भएको थिएन । महंगी बर्षेनी बढे पनि प्रहरी र सशस्त्रका जवानहरु पाँच बर्षअघिकै रासन भत्ताबाट जीवन गुजार्दैआएकोमा यो बर्ष ४० प्रतिशतले बृद्धि गरेपछि उनीहरुलाई राहत पुगेको छ ।

     रासन भत्ता बृद्धि नहुँदा दुवै संगठनका तल्ला तहमा कार्यरत सिपाही हवल्दारलाई परिवारको पालनपोषण गर्न समेत धौ धौ हुँदैआएको थियो । दुवै संगठनले ५० प्रतिशत रासन भत्ता बृद्धिको सिफारिस गरेका थिए । संगठनले गरेको सिफारिसलाई अर्थमन्त्रालयले सम्बोधन गरेको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको थियो । त्यही समितिको सिफारिस अनुसार सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ ।

    यही माघदेखि नै लागू हुने गरी रासनभत्ता बढाउन तयारीमा गृहमन्त्रालय छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार