Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उखु किसानलाई भुक्तानी नदिएको आरोपमा चिनी उद्योगी राकेश अग्रवाल पक्राउ


    बिहिबार, माघ १५ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले उखु किसानको लाखौं रुपैया भुक्तानी नगरी बसेका चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

    पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले वताए ।पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ ।

    माइती घरमा उखुको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेपछि गृह मन्त्रालयले उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गरेको थियो ।

    अग्रवाललाई  आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार