कैलाली, ११ बैशाख । कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।वडाध्यक्ष कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । `बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए´ उनले भने, ´हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो । छ ।