Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोलसहित एक जना पक्राउ


    बुधबार, माघ १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

    एपिएफ इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट चौलागाईंलाई पक्राउ गरेको हो।

    एपिपएफले पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ। थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार