रौतहट । रौतहट जिल्लाको पूर्वीभेग माधवनारायण नगरपालिका–८ मा दुई बालक बागमती नदीमा तैरिन जाँदा बाढीले बगाएको घटनामा एक बालकलाई सकुशल उद्धार गरिएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहीवार एक सूचना जारी गर्दै अहिले सामाजिक सञ्जालमा भाइरल बनेको नदीको चारैतिरबाट पानीले घेरिएको बालकको उद्धार गरिएको छ भने त्यसअघि नै बेपत्ता भएको अर्का बालकको खोजीकार्य भइरहेको जानकारी दिएको छ।
हिजो बुधवार दिउँसो १२ बजे स्थानिय शिवजी कुमार पासवान र सुधीर कुमार पासवान बागमती नदीमा पस्दा बाढीको वहाव तीव्र भएकाले उनीहरू नदीमै फसेका थिए।
शिवजीकुमार पासवानलाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ भने करिब ११ वर्षीय सुधीर कुमार पासवानलाई पानीले बगाउँदा उनको खोजी कार्य अझै जारी रहेको सिडियो विनोदकुमार खडकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि केही प्रयोगकर्ताहरूले उद्धार नगरी जानाजान बालकलाई बगाएको आरोपसहितको टिप्पणी गरेका छन । तर, जिल्ला प्रशासनले उक्त दाबीलाई खारेज गर्दै भिडियोमा देखिएका व्यक्तिले उद्धार प्रयास नगरेको भन्ने विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
सिडियो खडकाले घटनाको गम्भीरतापूर्वक अध्ययन भइरहेको र वेपत्ता बालकको खोजीमा सम्बन्धित निकायलाई परिचालन गरिएको विज्ञप्तीमार्फत जानकारी गराएका छन्।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend