Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए १४५ कोरोना संक्रमित


    बुधबार, माघ १४ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन्।

    हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै नेपालमा आज थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार