Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर थपिए २८३ काेराेना संक्रमित थपिए, २४६ जना डिस्चार्ज


    बुधबार, माघ १४ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो नेपालमा ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार